arrow

आकर्षक मन्त्रालय नमिल्दा गठबन्धनमा माधव नेपालको असन्तुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २० बुधबार
deuba-prachanda-nepal-yadav-4-parties.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले घटस्थापानको दिन मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेपनि नेकपा एसले असन्तुष्टि जनाएको छ । भागवण्डामा आकर्षक मन्त्रालय नमिल्दा एस पार्टीले असन्तुष्टि जनाएको हो । पर्यटन र शहरी विकास बाहेक अन्य मन्त्रालयमा भागवण्डा नमिलेपछि एस पार्टीले असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।

‘अहिले दुई वटा मन्त्रालय मात्रै टुंगिएको छ अन्य मन्त्रालयको बारेमा हुँदैछ’, एस पार्टीका एक स्थायी कमिटी सदस्यले भने । ती सदस्यका अनुसार भौतिक मन्त्रालय मागेकोमा देउवाले जसपालाई दिएपछि असन्तुष्टि बढेको हो ।

मन्त्रालय भागवण्डाकै विषयमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालबीच कुराकानी भएपनि मूख्य मूख्य मन्त्रालय कांग्रेस र माओवादीले लिएको र एस पार्टीलाई कमजोर मन्त्रालय दिएकोमा नेपालले असन्तुष्टि जनाएका थिए । अस्पतालबाट सोमबार मात्रै घर आएका पूर्व प्रधानमन्त्री नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार विस्तारको बारेमा मंगलबार र बुधबार पनि परामर्श गरेका थिए । सत्ता गठवन्धन दलहरुले नै अलमल गरिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालवीच सरकारलाई पूर्णता दिनेबारे छलफल भएपनि नेपालले असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलसँग मन्त्रीहरुको सूची मागेपछि भनेजस्तो मन्त्रालय नपाए सरकार नजानेभन्दै माधव नेपालको पार्टीले अडान राखेको स्रोतको दावी छ । ‘बाहिर आएजस्तो हल्ला केही होइन सरकारमा जाने तयारी छ मन्त्रीहरु छान्ने मापदण्ड तयार हुँदैछ’, एस पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने ।

गठवबन्धन दलभित्र मन्त्रालय भागवन्डा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई हुँदै आएको छ । यद्यपी, आइतबार, सोमबार र मंगलबार गठवन्धन दलभित्रका कार्यदल तहमा मन्त्रालय भागवन्डा लगायत अन्य राजनीतिक नियुक्तिहरुका विषयमा केन्द्रीत रहेर छलफल भएपनि त्यहाँ पनि सहमति बन्न नसकेको स्रोतको दावी छ । मंगलबार भने मन्त्रालयको विषय टुंगिएको बताएका थिए ।

 ‘दलहरुबीच असमझदारी उत्पन्न भएको छ त्यो बाहिर आएको छैन’, गठबन्धन निकट एक नेताले भने । माधव नेपालले आफूले भनेजस्तो मन्त्रालय नपाए सरकारमा नजाने बताइसकेका छन् । चुनावसम्मकै गठबन्धन कायम गर्ने गरी बनेको यो सरकारमा नेपाल पक्षले मन्त्रालय भागवण्डाको विषयमा असन्तुष्टि जनाएपछि देउवाले सरकार विस्तार गर्न सकेका छैनन भने प्रचण्ड अप्ठेरोमा परेका छन् ।्

प्रचण्डले सोमबार नेता नेपाल अस्पतालवाट डिस्चार्ज भएपछि सोमबार साँझसम्म सम्भवत मन्त्रिपरिषद् विस्तार हुने पार्टी निकट वुद्दिजिवि संगठनको राष्ट्रिय भेलामा बताएका थिए । माओवादीले बुधबार साँझ आफ्नो तर्फबाट मन्त्रीको नाम टुंग्याएको छ । तर एस पार्टीले मापदण्ड बनाएर मात्रै पठाउने दावी गरेर सूची बुझाएको छैन ।

सोमबार प्रचण्डसँग प्रधानमन्त्री देउवाका प्रतिनिधीका रुपमा कानुनमन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले खुमलटारमै पुगेर भेटवार्ता गरेका थिए । त्यसपछि साँझ नै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका वीचमा बालुवाटारमा भेटवार्ता पनि भएको थियो । झण्डै ढेड घण्टा प्रधानमन्त्री र प्रचण्डका वीचमा भेटवार्ता भएपछि मंगलबार विहानै प्रचण्ड सत्ता गठवन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधव नेपालसँग भेटवार्ताका लागि पुगेका थिए ।

दशैंमा नव निर्वाचित मन्त्रीहरुलाई स्वागत गर्ने गरी सरकारले  विहिवार घटस्थापनामा मन्त्रिपरिषद् विस्तारको काम लाई पूर्णता दिने गरी अगाडी वढेको भएपनि मन्त्रालय भागवण्डामा कुरा मिलेको छैन । मन्त्रालय भागवण्डामा विवाद भएपछि उपेन्द्र यादवले पनि सरकारमा नजाने बताइरहेका छन् । अहिले दुईवटा मन्त्रालय सम्हालिरहेको माओवादीले अब तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएको बताइएको छ । यसअघि अर्थ र उर्जा मन्त्रालय पाइसकेको माओवादीले पाँच मन्त्री र एक राज्यमन्त्री पाउने टुंगो लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ