- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । भारतबाट रोजगारी गरि नेपालगन्जको जमुनाह नाका हुँदै भित्रिने सबै नेपाली नागरिकलाई अनिबार्य कोरोना खोप लगाइने भएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर,बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी र सशस्त्र प्रहरी बाँके प्रमुख एसपी अशोक बमले संयुक्त रुपमा जमुनाह नाकाको निरीक्षण गर्दै जमुनाह नाकालाई अझै ब्यबस्थित गर्न निर्देशन दिएका छन् ।
निरीक्षणका क्रममा प्रजिअ गेलाल र उपप्रमुख थापा मगरले भारतबाट रोजगारी गरेर जमुनाह नाका हुँदै भित्रिने सबै नेपालीलाई अनिबार्य रुपमा विहीबारआजबाट जमुनाह नाकामा कोरोना खोप लगाउन ब्यबस्था मिलाइएको बताए।
त्यस्तै जमुनाह नाकामा गर्भवती महिला र अपाङ्गहरुलाई विश्राम गर्ने कक्ष समेत बनाइने उप-प्रमुख थापाले बताइन्। कोरोना परिक्षणका लागि सहज बाताबरण समेत बनाइएको थापा मगरले जनकारी दिएकी छिन् ।
जमुनाह नाकाको निरीक्षण गर्दै एसपी अधिकारीले जमुनाह नाकाको सुरक्षा ब्यबस्था कडा पार्न निर्देशन दिएका छन् । एसपी अधिकारीले कुनै पनि नागरिकलाई दुख नदिन आफ्ना सुरक्षाकर्मीहरुलाई निर्देशन समेत दिएका छन् । यस्तै सशस्त्र प्रहरी उपरीक्षक बमले पनि जमुनाह नाकामा भन्सार सुरक्षामा खटिएका सबै सशस्त्र प्रहरीलाई जनतामैत्री बन्न निर्देशन दिएका थिए।