arrow

संक्रमणबाट ११ हजार २०० जनाको निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
corona-variant.jpg

काठमाडौं । नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ११ हजार २०० जनाको निधन भइसकेको छ । संक्रमणबाट बिहिवार आठ जनाको निधन भएसँगै निधन हुनेको संख्या ११ हजार २०० पुगेको हो ।

नेपालमा पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० रहेका छन् । पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही रहेका छन् । संक्रमण दर १८.८ प्रतिशत रहेको छ । 
 
पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना भाइरसको संक्रमण देखिएका छन् । १० हजार ६७२ जनामा कोरोना परीक्षण गर्दा ८०५ जनामा संक्रमण पाइएको हो । बिहिवार थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९११ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७३ हजार १४० रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.६ प्रतिशत रहेको छ । 

हाल देशभर ३२९ जना सघन उपचार कक्ष (आइसियु), ११२ जना भेन्टिलेटर, १४ हजार ७२८ जना होम आइसोलेसन, एक हजार २१४ जना संस्थागत आइसोलेसन र २४२ जना क्वारेन्टिनमा रहेका छन् ।

बिहिवार ५७ हजार १५८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८० लाख आठ हजार ८५४ पहिलो मात्रा र ६४ लाख ३० हजार ४३१ पूर्ण मात्राको खोप लगाइसकेका छन् । 



नयाँ