- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सत्तारुढ चार दलका बीचमा बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भागबण्डा अनुसार कांग्रेसको भागमा ८ मन्त्रालय परेको छ । यसैगरी कांग्रेसले एक राज्यमन्त्रीसमेत पाउने छ ।
कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपक्षी मन्त्रालय लिने भएको हो । कांग्रेसले रक्षा मन्त्रालयका लागि निकै लामो कसरत गरेको थियो ।
कांग्रेसले अहिले सम्हाल्दै आइरहेको स्वास्थ्य मन्त्रालय भने छाड्न सहमत भएको एक कांग्रेस नेताले जानकारी दिए ।यस्तै कांग्रेससँग गृह, परराष्ट्र र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय यथावत् रहने छ ।
यसैगरी सत्ता गठबन्धनमा दल माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, शिक्षा, विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने भएको हो । सो दलले अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हाल सम्हाल्दै आएको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय नेकपा एसको भागमा परेको हो ।
यस्तै जसपाले चार मन्त्री पाउँदै छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, सङ्घीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने छ ।