arrow

नेकपा(एकिकृत समाजवादी)ले पदाधिकारी र संख्याको टुंगो लगायो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २१ बिहिबार
madhav-kumar-nepal-media-brief.jpg

काठमाडौं । शुक्रबार विस्तार गरिन भनिएको मन्त्रिपरिषद् विस्तारका लागि नेकपा(एकिकृत समाजवादी)ले सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउन सकेको छैन् ।

एकिकृत समाजबादी पार्टीको काठमाडौँमा बसेको स्थाई समितिको बैठकले  सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने अपेक्षा गरिएको थियो ।

विहीबार साँझ अबेर सम्पन्न बैठकपछि संचारकर्मीहरु सँग बोल्दै प्रवक्ता जगन्नाथ खतिवडाले भोलि (शुक्रबार) बस्ने पार्टी केन्द्रिय सचिवालयको बैठकले  सरकारमा जाने मन्त्रीको नाम सिफारिस गर्ने समझदारी बनेको जानकारी दिए ।

सत्ता साझेदार दलहरु बीच मन्त्रालय भागबन्डा मिलाउदा जनतासँग प्रत्यक्ष जोडिने मन्त्रालय नपाएको भन्दै नेकपा एकिकृत समाजबादीले असन्तुष्टि जनाउदै आएको थियो । तर सत्तारुढ गठबन्धनको अबेरसम्म चलेको बैठकले भागबन्डा मिलाएको छ ।

यस्तै स्थाई समितिको बैठकले पार्टीको विभिन्न विभागमा रहने पदाधिकारी र संख्याको टुंगो लगाएको छ । पार्टीको अनुशासन आयोग,निर्वाचन आयोग र लेखा आयोगमा अध्यक्ष, उपाध्यक्ष र सचिव रहने गरि २५ सदस्य रहने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टी पदाधिकारीमा ४ जना नेताहरुलाई मनोनयन गरेको छ । उपमहासचिवमा जगन्नाथ खतिवडा र सचिवहरुमा गरिमा शाह,जीवनराम श्रेष्ठ र भागवत विश्वाशलाई मनोनयन गरेको छ । यस्तै स्थाई समितिको बैठकले बेदुराम भुषालको नेतृत्वमा रहने ५ सदस्य केन्द्रिय कार्यालय र ११ सदस्य केन्द्रिय सचिवालय बनाउने निर्णय गरेको छ ।

केन्द्रिय सचिवालयलाई स्थाई समितिको बैठक बस्न नसकेको अवस्थामा सचिवालयले गर्ने निर्णयलाई आधिकारिकता दिने निर्णय गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । बैठकले पार्टी संरचनाको विभिन्न निकायमा रहने पदाधिकारी र संख्यालाई पनि टुंगो लगाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ