- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूणर्ता दिएसँगै केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरेका छन्।
प्रधानमन्त्री देउवाले कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचार मन्त्री बनाएका छन् भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्री बनाएका छन्।
प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेकी हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको सूचनामा केही मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको उल्लेख छ।