arrow

नवनियुक्त मन्त्रीहरुलाई देउवाको निर्देशन : उत्साहित र इमान्दार भएर काम गर्नु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २२ शुक्रबार
ser-badhu-deuba.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रीपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यक्ता अनुसार उत्साह र ईमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।

त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गर्नु भएको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ ।

त्यसैगरी मन्त्रीपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्विकृत गर्ने र मन्त्रीपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ । सरकारका प्रवक्ता कार्कीले भने ‘सम्माननीय प्रधानमन्त्रीज्यूले सबै मन्त्रीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको छ । र मुलुकको आवश्यक्ता अनुसार उत्साह र इमान्दारिताका साथ काम गर्न जनअपेक्षा अनुसार अगाडि बढनका निमित्त सबै मन्त्रीहरुलाई निर्देशन दिनु भएको छ । र आजको मन्त्रीपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८लाई स्विकृत गर्ने । मिति २०७८०५/२५ मा गठित मन्त्रीपरिषद समितिहरु पुनर्गठन गर्ने । नेपाल सरकारको प्रवक्तामा माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई तोक्ने निर्णय गरिएको छ ।’

यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गर्नु भएको बताए । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए । प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क समेत गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ