arrow

एक्साइड क्यास ब्याक अफर सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
sipradi-exide-batteries-exchange-offer.jpg

काठमाडौँ। नेपालको लागि एक्साइड ब्याट्रीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हालै चाडपर्वको अवसरमा एक्साइड क्यास ब्याक अफर सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले एक्साइड ब्याट्रीसँग जुनसुकै ब्रान्डका ब्याट्रीहरू साटेर क्यास ब्याक फिर्ता पाउन सकिने कम्पनीले जनाएको छ।

हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरूले २५ प्रतिशत देखि ५० प्रतिशत सम्म नगद फिर्ता पाउन सकिने छ। यो योजना एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलको ब्याट्रीहरूमा सीमित अवधिको लागि मात्र लागु हुनेछ।

यो अफरको लागि ग्राहकहरूले एक्साइड ब्याट्रीको नेपालभरि रहेका डिलरहरू मार्फत पुरानो ब्याट्रीको मूल्याङ्कन गराई नयाँ ब्याट्रीसँग एक्सचेन्ज गर्न सक्ने छन्। 
यसको साथै यो अवधिभरि एक्साइड ब्याट्रीहरू एक्सचेन्ज गर्ने सबै ग्राहकहरूले शियोर सट गिफ्ट प्राप्त गर्न सक्नेछन्। थप जानकारीका लागि ०१–४२४१६५८ वा एक्साइड ब्याट्री नेपालको आधिकारिक फेसबुकमा पेजमा समर्पक गर्ने कम्पनीले सुझाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ