arrow

थप ५ सय ९६ मा सङ्क्रमण, १५ हजार सक्रिय सङ्क्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
Corona-Covid-nepal-1618227483.jpg

काठमाडौं। विगत २४ घण्टामा ५९६ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

आज थपिएका सँगै देशभर सक्रिय सङ्क्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७५ हजार ९४३ पुगेका छन्। नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।

यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार २३१ जनाको निधन भइसकेको छ । हाल देशभर ३२२ सघन उपचार कक्ष (आइसियु), ११३ भेन्टिलेटर, १३ हजार ८५९ होम आइसोलेसन, एक हजार १६५ संस्थागत आइसोलेसन र २३४ जना क्वारेनटिनमा छन् । आज ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।



नयाँ