arrow

चाडपर्वको अवसरमा कुमारी बैङ्कको “डिजिटल दक्षिणा” अभियान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
kumari-digital-dakshina-2078.jpg

काठमाडौँ। डिजिटल बैङ्किङ क्षेत्रमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा सेवा सुविधा प्रदान गर्दै आइरहेको कुमारी बैङ्कले नेपालीहरूको महान् चाड बडा दसैँको उपलक्ष्यमा “डिजिटल दक्षिणा” अभियान ल्याएको छ। कोरोना महामारीले निम्त्याएको आफन्तजन बिचको बाध्यात्मक दूरीलाई माया र आशीर्वादको डिजिटल आदानप्रदान मार्फत कम गरी परिवार बिचको सम्बन्धलाई सुमधुर पार्ने उद्देश्यले सो योजना ल्याइएको बैङ्कका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले व्यक्त गरेका छन्।

यसै सन्दर्भमा चाडपर्वकै अवसरमा नयाँ नोटको आगमन मात्र नभई चाडपर्वमा टिका, रङ्ग तथा अन्य कारणले नोटहरू बिग्रन सक्ने सम्भावना पनि यस डिजिटल दक्षिणाले कम गर्ने बिचार यसै बैङ्कका डिजिटल बैङ्किङ प्रमुख अनीश ताम्राकारले व्यक्त गरे।

यस अभियान अन्तर्गत बडा दसैँमा पाँच दिन (विजया दशमी देखि कोजाग्रत पूर्णिमा सम्म), तिहारमा तिन दिन (लक्ष्मी पूजा देखि भाइटिका सम्म) तथा छठ पर्वको दिन कुमारी स्मार्ट मोबाइल बैङ्किङमा भएको  डिजिटल दक्षिणा मार्फत गरिएको अन्तर बैङ्क रकमान्तरमा इन्टर बैङ्किङ फण्ड ट्रान्सफर लाग्ने सेवा शुल्क, क्यासब्याक मार्फत ग्राहकलाई फिर्ता गर्ने सुविधा बैङ्कले प्रदान गर्नेछ।

कोभिडको यस विषम परिस्थितिमा सम्पूर्ण स्वास्थ्य र सावधानीका उपायहरूको पालना गर्दै सुरक्षित किसिमले दसैँ मनाउनु नै आजको अवाश्यकता ठानी आफ्ना ग्राहक वर्गलाई कुमारी बैङ्कले उक्त सुविधा प्रदान गर्ने भएको हो।

आफ्नो स्थापनाकालदेखि नै बैङ्किङ सेवा सुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको कुमारी बैङ्कले हाल आफ्ना देशव्यापी १९६ शाखा सञ्जाल, १७२ एटिएम, ३२ शाखारहित बैङ्किङ इकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैङ्किङ सुविधाहरू प्रदान गर्दै आइरहेको छ।

आगामी दिनमा आफ्ना सेवाहरूको प्रभावकारिता तथा पहुँच वृद्धिका निमित्त आफ्नो डिजिटल सामर्थ्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ