arrow

जसपा कार्यकर्ताले घेरे पार्टी कार्यालय, उपेन्द्र यादवको राजीनामा माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २५ सोमबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन् । सोमवार बालकुमारीस्थित जसपाको केन्द्रिय पार्टी कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले जसपाबाट ४ जना मन्त्री बन्दा पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पार्टी अध्यक्ष उपेन्द यादवको राजीनामा समेत माग गरेका छन् ।

प्रदर्शनमा समाजवादी विद्यार्थी यूनियन पर्सा जिल्लाका युनियन अध्यक्ष राजबाबु राकीले पार्टी अध्यक्ष उपेन्द्र यादवले पर्सावासीलाई धोका दिएको दिए । उनले उपेन्द्र यादवको छोरासमेत आफ्नो समर्थनमा रहेको बताउँदै पर्सावासीलाई न्याय नगरे देशभर प्रदर्शन गर्ने चेतावनी दिए । 

अध्यक्ष राकीले भने, ‘मधेशलाई चिनाउने र इतिहास बोकाउने भनेकै पर्सा जिल्ला हो,तै पनि हाम्रा पार्टी अध्यक्ष उपेन्द्र यादवजीले पर्सा जिल्लावासीसँग जहिले पनि दोहोरो चरित्रको धोका दिनुहुन्छ, प्रदीप यादवले पर्सा जिल्लाबाट कांग्रेसको जरो उखेलेर फालेर पर्सा जिल्लालाई फोरमको गढ बनाउन सक्नुभयो, उपेन्द्र यादवको छोरासमेत हाम्रो समर्थनमा हुनुहुन्छ, उपेन्द्र यादवले पर्सावासीसँग धोकाबाजी गर्नुभएको छ ।’

पर्सामा लगातार बिरोध प्रदर्शन गर्दै आएका कार्यकर्ताहरुले सांसद यादवलाई मन्त्री नबनाएको भन्दै बिरोध गर्दै आएका हुन् । उनीहरुले सोमबार जसपाको केन्द्रिय कार्यालयमै प्रदर्शन गर्दै बलिदानको कदर नगर्ने नेता चाहिँदैन, हाम्रो बलिदान र संघर्ष खेर जान दिँदैनौँ जस्ता नारा लगाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ