arrow

दुई सय तेइर्स विपन्नलाई पुस्तकालयद्वारा राहत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
rahat-bitaran-20211.jpg

काठमाडौं । शान्ति भोलिएन्टर एसोसिएसन एसभीए जापान तथा रिड नेपालको सहयोगमा गोदावरी सामुदायिक पुस्तकालय श्रोत केन्द्रले कोभिड रेस्पोन्स प्रोग्राम अन्तर्गत गोदावरी नगरपालिका ४ बडिखेलका १०२ जना अति बिपन्न नागरिकलाई राहत वितरण गरेको छ । 

सोमबार एक कार्यक्रमका बीच २५ केजीको १ बोरा जिरा मसिनो चामल, २ किलो मासको दाल, २ पाकेट नुन, १ लिटर सनफ्लावर तेल, ३ थान नुहाउने साबुन, ३ थान लुगा धुने साबुनको प्याकेज सहितको राहत सामग्री वितरण गरिएको हो । 

साथै स्थानीय कोभिड प्रभावित, एकल महिला, अपाङ्गता भएका ब्यक्ति, गर्भवती, सुत्केरी तथा सहाराविहीन ज्येष्ठ नागरिक १२१ जनालाई १ क्रेट अण्डा–हर्लिक्सका साथमा १ पाकेट मास्क तथा सेनिटाईजर समेत गरी कुल २२३ जनालाई राहत वितरण गरिएको थियो ।

कार्यक्रम गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यता, उपप्रमुख मुना अधिकारीको बिशेष आतिथ्यता तथा वडा सदस्यद्धय कृष्णमुरारी घिमिरे र हरिकृष्ण पहरी एवं सल्लाहकार सदस्य श्याम घिमिरे तथा सानुभाइ पहरीको आतिथ्यतामा सम्पन्न भएको हो ।
 
कार्यक्रममा मेयर गजेन्द्र महर्जनले पुस्तकालयले स्थानीयको जनजीवनमा उल्लेख्य सुधार ल्याउने भएकोले पुस्तकालय मार्फत प्रदान गरिने सेवामा आफ्नो निरन्तर सहयोग रहने कुरा बताए । 

उपप्रमुख मुना अधिकारीले दशैँको मुखमा बिपन्नलाई यो राहतले आहतमा मलम लगाउने कुराको चर्चा गरिन् । उनले दशैँको शुभकामना व्यक्त गर्नुका साथै पुस्तकालयलाई महत्त्वपूर्ण नमूना कार्यक्रम निरन्तर संचालन गरेकोमा धन्यवाद समेत व्यक्त गरिन् । 

वडा सदस्य हरिकृष्ण पहरीले दशैँको शुभकामना सहित राहत उपलब्ध गराएकोमा पुस्तकालयलाई धन्यवाद व्यक्त गरेका थिए । 

पुस्तकालयका अध्यक्ष वशिष्ठ अधिकारीले दाता संस्था, समन्वयकारी संस्था तथा नगरपालिकालाई पुस्तकालय भवन निर्माण तथा विविध कार्यक्रम संचालनमा पुर्याएको सहयोगको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै १० हजार पुस्तकहरु, श्रब्यदृश्य कक्ष, संगीत कक्ष, बाल कक्ष, महिला कक्ष, आईसीटी कक्ष, बिपत जोखिम न्यूनीकरण कक्ष समेत रहेको यस पुस्तकालयको ढोका सबैको लागि सधैंको लागि खुला रहेकोले सबै स्थानीयहरुलाई सेवा लिन आह्वान गरेका थिए । 

कार्यक्रममा स्थानीय स्वयंसेबिकाहरु तथा संस्थाका सदस्यहरुले सहयोग पुर्याएका थिए । दशैँको मुखमा राहत पाएकोमा स्थानीय विपन्न नागरिकहरु प्रसन्न मुद्रामा देखिन्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ