- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । जसपाका नेता अशोक राईले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताएका छन् ।
उनले भने, “संविधानका जन्मदाता र संरक्षकबिच सहकार्य भएर जानुपर्छ ।” अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उनले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए ।
गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो ।
अहिलेको सरकार सङ्कटकालीन अवस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौती पार गर्नुपर्ने अवस्था रहेको राईले बताए ।