arrow

स्वास्थ्य मापदण्ड पालना गरेर दसैँ मनाउन अनुरोध

logo
रासस,
प्रकाशित २०७८ असोज २६ मंगलबार
jamara.jpg

काठमाडौँ । कोरोना जोखिम केही कम भए पनि महामारी पूर्ण रुपमा अन्त्य नभएकाले सचेतताका साथ बडादसैँ मनाउन सुशील कोइराला मेमोरियल फाउन्डेसनले आह्वान गरेको छ ।

फाउन्डेसनका अध्यक्ष एवं नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला र सदस्य सचिव अतुल कोइरालाले आज विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर दसैँ मनाउन अनुरोध गरेका हुन् ।

नेपालीको महान् चाड दसैँ, शुभदीपावली, नेपाल संवत् एवं छठजस्ता सांस्कृतिक पर्वले सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने भएकाले पर्व मनाउँदा स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिन विज्ञप्तिमा आह्वान गरिएको छ । 

यसअघि कोरोनाको दोस्रो लहरसम्म आइसकेकाले सचेत भएर चाडपर्व मनाउन र अहिलेसम्म बालबालिकाका लागि नेपालमा खोप उपलब्ध नभएकाले बालबालिकालाई जोखिम कम हुने गरी पर्व मनाउन सबै अभिभावकले ध्यान दिनुपर्ने फाउन्डेसनको आह्वान छ । 

पछिल्लो समय सार्वजनिक यातायात, मठमन्दिरमा भीड बढेको र त्यसमा बालबालिकासमेत धेरै देखिएकाले सचेतता अपनाउनुपर्नेमा जोड दिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ