arrow

टुँडिखेलमा फुलपाती बढाइँ, राष्ट्रपति भण्डारी सरिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २६ मंगलबार
nepal-army-dashin3-cover.jpg

काठमाडौं । नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा फुलपाती बढाइँ समारोह आयोजना गरेको छ ।

फूलपाती बढाइँ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सरिक भएकी छन् । उनी सेनाको परमाधिपति हुन् । सो समारोहमा नेपाली सेनाको टुकडीले उनलाई  सलामी अर्पण गरेको थियो ।

सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गरेको थियो । यस्तै तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । सो क्रममा हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।

कोभिड-१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको सेनाले जनाएको छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायत सहभागी थिए ।

Caption

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ