५,५९४ नमुना परीक्षण हुँदा ३ सय ६५ जनामा संक्रमण पुष्टि
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २७ बुधबार
1.3k
Shares
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ३ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
योसँगै हालसम्म पिसिआर विधिबाट ८ लाख ३ हजार ८ सय ७८ जनामा र एन्टिजेन विधिबाट ९३ हजार २ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यसै समयावधिमा ६ सय ९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ७८ हजार ३ सय ५० पुगेको छ।
पछिल्लो २४ घण्टामा ४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार २ सय ६१ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ हजार ५ सय ९४ जनाको नमुना परीक्षण गरिएको छ। हाल ३ सय १५ जनाको आइसियु र १ सय ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या १४ हजार २ सय ६७ रहेको छ।