- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। विश्वकै चर्चित कुरान एप चीनमा एप स्टोरबाट हटाइएको छ । चिनियाँ नियामक अधिकारीहरूको निर्देशनमा एप्पलले आफ्नो एप स्टोरबाट कुरान एप हटाएको हो। विश्वभर साढे ३ करोडभन्दा बढी प्रयोगकर्ता रहेको 'कुरान मजिद' एप मुस्लिम समुदायका नागरिकहरूले प्रयोग गर्ने गरेका छन् । विश्वभर चर्चित इस्लाम धर्मका सामाग्रीहरू रहेको यो एप चीनमा भने एप स्टोरबाट हटाइएको हो ।
चीनमा समेत यो एपका झन्डै एक करोड प्रयोगकर्ता रहेको एप निर्माता कम्पनी पीडीएमएसले बताएको छ । एप हटाइएको विषयमा कम्पनीले चिनियाँ साइबर स्पेस प्रशासन र सरोकारवाला अधिकारीहरूसँग छलफल गरिरहेको बताएको छ ।
चीनले मुस्लिम धर्मलाई मान्यता दिए पनि चीनले उइगर मुस्लिम समुदायमाथि उत्पीडन गरिरहेको एवं अल्पसङ्ख्यकहरूमाथि शोषण गरिरहेको आरोप लाग्दै आएको छ ।
एप्पलका लागि चीन एक ठुलो बजार हो ।
चिनियाँ अधिकारीहरूले के कुराको निहुँमा कुरान मजिद एप एप स्टोरबाट हटाउन लगाएको हो भन्ने कुराको भने जानकारी हुन सकेको छैन ।