arrow

नेपाल साफमा उपविजेतामै सीमित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ३१ आइतबार
saff-nepal-2021.jpg

काठमाडौं । साफ च्याम्पियनशिप फुटबलमा नेपाल उपविजेतामै सीमित भएको छ । पहिलो पटक फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको हो । २८ वर्षको साफ इतिहासमा पहिलो पटक फाइनलमा पुगे पनि १३ औं संस्करणको उपाधि भारतले जितेको हो । 

माल्दिभ्सको माले रंगशालामा शनिबार (असोज ३० गते) राति भएको फाइनलमा नेपाललाई ३–० गोल अन्तरले पराजित हुँदै उपविजेतामा सीमित भएको हो । जबकि नेपाल लिग चरणमा भारतसँग १–० गोल अन्तरले मात्र पराजित भएको थियो । 

भारतलाई जिताउन कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले एक एक गोल गरे ।

भारतले सबै गोल दोस्रो हाफमा गरेको थियो । पहिलो हाफमा नेपालले गोल नदिएको भए पनि दोस्रो हाफ भने खराव रह्यो । 

नेपालले ४९ औं, ५० औं र इन्जुरी समयमा गोल खाएको हो । सुनिलले यो संस्करणमा पाँचौं तथा भारतका लागि ८० औं गोल गरे । 

नेपालको पहिलो पटक उपाधि जित्ने सपना चकनाचुर भयो । पाँच राष्ट्र सहभागी प्रतियोगितामा ८ अंकबाट भारत लिगको शीर्ष स्थानमा रहँदै र ७ अंकबाट दोस्रो स्थानमा रहँदै नेपाल फाइनलमा पुगेको थियो । 



नयाँ