- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कोभिड-१९ को जोखिमका हिसाबले हाल कास्कीसहित देशभरका चार जिल्ला रेड जोनमा छन् ।
५०० भन्दा बढी सक्रिय संक्रमित रहेका कास्की, काठमाडौँ, भक्तपुर र ललितपुर रेड जोनमा परेका हुन् ।
यीबाहेक अन्य जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २०० भन्दा कम रहेको छ भने हालसम्म कुनै पनि जिल्ला सङ्क्रमणमुक्त हुन सकेका छैनन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले असोज २८ गते सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार कास्कीमा ५१४ जना सक्रिय कोरोना संक्रमित छन् ।
कास्कीमा कोरोना सङ्क्रमणबाट हालसम्म ६०३ जना व्यक्तिको मृत्यु भएको छ । गण्डकीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ८११ जना छन् ।
यस्तै, काठमाडौँ उपत्यकामा हाल दुई हजार ५१३ जना सक्रिय संक्रमित छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको असोज ३० गतेको तथ्याङ्क अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या काठमाडौँमा एक हजार २३४, भक्तपुरमा ५८९ र ललितपुरमा ६९० रहेको छ ।