- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ। सोमबारदेखि ८० दिनसम्म सञ्चालन हुने यो योजनामा फोनपे डाइरेक्ट मार्फत अन्तर बैङ्क रकम ट्रान्स्फर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सकिनेछ। यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउनेछन्।
फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष पनि यो योजना सञ्चालनमा ल्याएको थियो। डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो वर्ष पनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाई छ।
फोनपे मार्फत कुनै पनि बैङ्कमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु १० मै सहज रूपमा रकम पठाउन सकिन्छ। फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैङ्क तथा वित्तीय संस्थाका मोबाइल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गई फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ।
फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्र बैङ्कबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो। फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म ५ लाख भन्दा बढी मर्चेन्ट रहेका छन्।
एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैङ्किङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्स्मार्फत यसले सेवाप्रदान गर्दै आएको छ।
फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डस्ट्री डाटा सुरक्षा मापदण्ड’पिसिआई डिएसएस भि थ्रि.टु.वान प्रमाणीकरण प्राप्त संस्था हो।