- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५९१ संक्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ६९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा संक्रमण पाइएको हो ।
सोमवार थपिएकासँगै देशभर सक्रिय संक्रमित ११ हजार ८७४ जना रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेका छन् । पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा ९३७ जनाले संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमित सात लाख ८२ हजार ३९३ रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ ।
यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा नौ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार २९३ जनाको निधन भइसकेको छ ।
आज २७ हजार ७०१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८४ लाख १५ हजार ६७ जनाले पहिलो मात्रा र ६४ लाख ७० हजार १९५ जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।