arrow

उत्तर कोरियाले पनडुब्बीबाट ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
north-korea-missile4.jpg

काठमाडौँ । उत्तर कोरियाले पूर्वी सागरमा एक ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाली अधिकारीहरूले उक्त मिसाइल पनडुब्बीबाट प्रक्षेपण गरेको हुनसक्ने अनुमान गरेका छन् ।

दक्षिण कोरियाली सेनाको जोइन्ट चीफ अफ स्टाफले मङ्गलवार उत्तर कोरियाको रक्षा उद्योगको एक प्रमुख केन्द्र सिन्पोबाट उक्त मिसाइल प्रक्षेपण गरेको बताएको छ । 

उत्तर कोरियासँग पनडुब्बी अड्डा र पनडुब्बीबाट मिसाइल प्रक्षेपण गर्ने उपकरणहरू रहेको छ । यसअघि नै पनि उक्त अड्डाबाट विभिन्न किसिमका मिसाइल प्रक्षेपण गरिसकेको छ ।

दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाको खुफिया अधिकारीहरूले उत्तर कोरियाले प्रक्षेपण गरेको मिसाइल कुन प्रकारको हो भन्ने विषयमा थप विश्लेषण गरिरहेको जोइन्ट चीफ अफ स्टाफले जनाएको छ ।

 



नयाँ