arrow

अविरल वर्षाले पूर्वी तराईको धान बालीमा ठुलो क्षति

logo
विवेक मिश्र,
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
paddy-rice-morang-damage.jpg

मोरङ। सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पूर्वी नेपालीको तराई भेगमा पाकेको धान बालीमा ठुलो क्षति पुगेको छ। अविरल परेको पानी अझै नरोकिएको कारण धान यो पटकको धान खेतमै उम्रने चिन्ता रहेको मोरङ बेलबारी-७ बाहुनीका किसान रामहरि चौधरीले बताए।

दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन्। दसैँ सकेर धान काट्न सुरसारमा रहेका किसान लगातारको झरीले सोतर बनाएपछि निराश भएका छन्।

लगातारको कात्तिके झरीले जिल्लाको रङ्गेली, सुनवर्सी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान, कानेपोखरी, पथरी, रतुवामाई लगायतका ठाउँमा लगाएको ठुलो क्षति पुगेको छ।

कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ। जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पुर्‍याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र मोरङले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ