arrow

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेताहरूको नाम घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
city-express-lakhapati-2078.jpg

काठमाडौँ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले “सिटी आयो लखपति बनायो” योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेताको नाम घोषणा गरेको छ। सोही योजना अन्तर्गत ५ जनाले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा जापानबाट रेमिटेन्स पठाउने अन्जु घले, साउदीबाट यमलाल भुसाल, कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाइँ साथै अन्तिममा दुबईबाट रेमिटेन्स पठाउने उमेश यादव गरी ५ जना लखपति बन्न सफल भएको कम्पनीले जनाएको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरूको महान् चाड २०७८ सालको दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरूसँग पर्वको खुसी साट्न लगातार ६१ दिन सम्म चल्ने “सिटी आयो लखपति बनायो ” उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई  रु १०,००० उपहार प्रदान गरिने साथै हरेक महिना ५ जनालाई रु १–१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्ने योजनामा रहेको छ।

कम्पनीका अनुसार यस “सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि  कार्तिक ३० गते सम्म लागू हुनेछ। यो अवधि भरी सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागु हुने छैन।

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैङ्कको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरू प्रदान गर्दै आइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ