arrow

परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेश मन्त्रीबीच वार्ता, थप २० लाख खोप दिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
narayan khadka wang yi.png

काठमाडौँ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यीबिच मङ्गलवार टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले परराष्ट्र मन्त्री खड्का र चिनियाँ विदेश मन्त्री वाङबिच वार्ता भएको बताइएकी छन् ।

फोन मार्फत भएको कुराकानीका क्रममा  दुई पक्षीय सम्बन्ध र अन्य विविध विषयमा कुराकानी भएको छ । यस्तै फोन वार्ताका क्रममा चिनियाँ विदेश मन्त्रीले नेपाललाई थप २० ला डोज भेरोसेल खोप अनुदानमा दिने घोषणा गरेका छन् ।

परराष्ट्र मन्त्रालयले चीनले थप २० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेकोमा धन्यवाद ज्ञापन गरेको छ । वाङले परराष्ट्र मन्त्री खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

यस्तै कुराकानीका क्रममा तातोपानी र रसुवागढी नाकाबाट थप कन्टेनर ल्याउन दिने विषयमा समेत छलफल भएको छ । यसबाहेक कोभिड–१९ विरुद्धको खोपमा सहकार्य, व्यापार, विकासमा समन्वय र सीमा व्यवस्थापनलगायतका विषयमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ