arrow

कोरोना संक्रमणबाट पोखरामा पाँच जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २ मंगलबार
corona-variant.jpg

पोखरा । कोरोना संक्रमणबाट पोखरामा मंगलवार मात्रै पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १० का ४४ वर्षीय कोरोना संक्रमित पुरुष, पोखरा-२७ की ५० वर्षीय महिला, पोखरा ११ का ७२ वर्षीय पुरुष, पोखरा ६ का ६३ वर्षीय पुरुष र पोखरा-१२ का ३३ वर्षीय पुरुष छन् । 

उनीहरु सबैको पोखरास्थित विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसंगै कोरोना संक्रमणबाट गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३८८ पुगेको छ । 

यस्तै, प्रदेशमा पछिल्लो चौबिस घण्टामा ४८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ८८५ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४६६ पुगेको निर्देशनालयले जनाएको छ । 

यता, गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा एक हजार ४३ जनामा गरिएको नमूना परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ७० महिला ७५ पुरुष रहेका छन् ।

प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

उनका अनुसार कास्की ८८, बागलुङ १३, स्याङ्जा २४, म्याग्दी तीन, पर्वत पाँच, गोरखा दुई, तनहुँ सात र नवलपरासी पूर्वमा तीन जनामा संक्रमण देखिएको हो । योसँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ हजार ७३९ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ