arrow

बेमौसमी वर्षा शुक्रबारसम्मै पर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं । मनसुन सकिएपछिको बेमौसमी वर्षा शुक्रबारसम्म नै हुने भएको छ । हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेकाले शुक्रबारसम्म नै वर्षा हुने भएको हो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भूभागहरूमामा सामान्य देखि पूर्ण  बदली रहेको छ।  प्रदेश १,  बागमती र  गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानहरूमा  हल्कादेखि मध्यम वर्षा  भएको छ । 

दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने  महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश नं २, बागमती  प्रदेश,  र गण्डकी प्रदेश प्रदेशका धेरै स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना छ । प्रदेश १ का थोरै र  प्रदेश २, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

 राति प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ र  प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

बिहीबारको पूर्वानुमान
दिउँसो प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य वदली रही सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरुमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राति प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका थोरै स्थानहरुमा साथै बाकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

शुक्रबारको पूर्वानुमान
दिउँसो प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राति प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ