- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । लगातार आएको वर्षाका कारण जिल्लाका विभिन्न ठाँउमा गएको पहिरोका कारण पाँचथरमा ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक डम्बर विश्वकर्माका अनुसार बाढी पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
विभिन्न ठाँउमा गएको पहिरोका कारण दर्जनौं परिवार विस्थापित भएका छन् । फिदिम–४ मा ममता लिम्बु र रोयन मगरको पहिरोले पुरिएर मृत्यु भएको छ ।
कुम्मायकको माङ्जावुङकी ४० वर्षीय डम्बरकुमारी शेर्मा, मिक्लाजुङ ४ का ६५ वर्षीय धनबहादुर लावती, फाल्गुनन्द गाउँपालिकाका वर्ष २८ का फुर्वा तामाङको पहिरोले पुरिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै मिक्लाजुङ ५ मा एक जनाको मृत्यु भएको छ । उनको सनाखत हुन सकेको छैन । मिक्लाजुङ–४ र फाल्गुनन्द १ मा दुई जना बेपत्ता छन् ।
पहिरोका कारण मेची राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएको छ । अवरोध खुलाउनका लागि स्काभेटरसमेत अभाव भएको छ । जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् ।