- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। कोरोना भाइरसको महामारीले थलिएको देशले बिस्तारै गति लिँदै थियो। तर अचानक आएको बेमौसमी वर्षाले गर्दा देशैभर बाढी र पहिरोले अत्यास पारेको छ। थुप्रैले ज्यान गुमाएका छन्। कल्पनै गर्न नसकिने गरी मानवीय तथा भौतिक क्षति भएको छ।
असार साउनमा आउने वर्षा भन्दा अहिले झन् बढी नै वर्षा आउँदा त्यसले निकै नै ध्वस्त पारेको छ। विशेष गरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा यसले ठुलो विपद् नै निम्त्याएको छ। कयौँ बेपत्ता छन्। थुप्रै घाइते भएका छन् । कतिपय उद्धारको पर्खाइमा छन्।
यो सिजनको मनसुन सकिएको केही दिनपछि अचानक आएको वर्षाले निम्त्याएको यो विपद्को असर तस्बिरमा हेरौँ–