arrow

बेमौसमी वर्षा कमजोर हुँदै, पानी शनिबारसम्मै पर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
uddar8548.jpg
तस्बिर– कैलालीको टिकापुरमा कर्णाली नदीले तिब्र कटान गरी अधिकांश स्थानहरु डुबानको उच्च जोखिममा रहेपछि उद्दार गर्दै नेपाली सेना ।

काठमाडौं । हाल भारतको बिहारमा रहेको न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। सोही कारण मनसुन सकिए पनि बेमौसमी वर्षा भइरहेको छ । 

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। 

प्रदेश १, बागमती र गण्डकी  प्रदेशहरुका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

राति पनि तिनै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ । महाशाखाले बेमौसमी वर्षाको प्रभाव कम हुँदै गएको जनाएको छ । तर शनिबारसम्मै वर्षा हुने पनि उसले सूचना जारी गरी जनाएको छ । 

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशहका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ । 

शुक्रबारको पूर्वाानुमान 
दिउँसो प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । 

प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राति पनि तिनै क्षेत्रहरुमा वर्षाको सम्भावना रहेको छ । 

शनिबारको पूर्वानुमान 
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।  बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 



नयाँ