- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पाँचथर । पाँचथरमा बाढी र पहिरोमा परी अहिलेसम्म कम्तीमा २७ जनाको ज्यान गइसकेको छ । मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको छ। वडा नम्बर ५ कुरुम्बामा मात्रै १५ जनाको पहिरोमा पुरिएर ज्यान गएको छ । त्यस्तै वडा नम्बर १, २, ४ र ७ मा गरी थप छ जनाको मृत्यु भएको छ ।
मिक्लाजुङमै दुई स्वास्थ्यकर्मी पुरिएका छन् । उनीहरुको जिवितै उद्दार गर्न सक्ने सम्भावना कम रहेको बताइएको छ । थप एक जना पनि पहिरोमा बेपत्ता भएको गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले बताए ।
त्यस्तै फाल्गुनन्द गाउँपालिकामा तीन जना, फिदिम नगरपालिकामा दुई जना र कुम्मायक गाउँपालिकामा एक जनाको पहिरामा परी मृत्यु भएको छ। छ जना घाइते भएका छन् ।
राजमार्गहरुसमेत क्षतिग्रस्त भएका छन् । जसले गर्दा तत्काल सडक चालु हुने अवस्था छैन ।
सयौं घरमा क्षति पुगेको छ । पशु चौपाया पनि पुरिएर मरेका छन् ।
फोटोफिचरसहित–