arrow

खुल्यो आकाश, हाँस्यो काठमाडौँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
kathmandu-sunsine-2078.jpg
मौसम खुलेपछि स्वयम्भूबाट देखिएको कलङ्की चन्द्रागिरि क्षेत्र । तस्वीर : प्रदीपराज वन्त

काठमाडौँ। बेमौसमी वर्षाले देशभर वितण्डा मच्याइरहँदा काठमाडौँ उपत्यका भने खुलेको छ। सुदूरपश्चिममा वितण्डा मच्याएपछि पूर्वमा सरेको वर्षा बिस्तारै बाहिरिँदो क्रममा छ। यही बीचमा काठमाडौँ उपत्यका बिहीबार बिहानदेखि नै खुलेको छ।

आकाश सफा देखिएको छ भने काठमाडौँको मुहार हाँसेको छ। बेमौसमी वर्षाले वाक्क पारेका बेलामा उपत्यकावासीले बिहीबार बिहानैदेखि राहत महसुस गरेका छन्। आकाश खुलेसँगै उपत्यकाको मनमोहक दृश्य पनि चम्किएको छ।

तर मौसम भने पूर्ण रूपमा सफा भएको छैन। मौसम पूर्वानुमान महाशाखाले शनिवारसम्मै वर्षा हुने बताइसकेको छ।

मौसम खुलेपछि स्वयम्भूबाट देखिएको हल्चोक क्षेत्र । तस्वीर : प्रदीपराज वन्त
मौसम खुलेपछि स्वयम्भूबाट देखिएको हल्चोक क्षेत्र । तस्वीर : प्रदीपराज वन्त
सफा मौसममा स्वयम्भूनाथ मन्दिर । तस्वीर : प्रदीपराज वन्त
मौसम खुलेपछि स्वयम्भूबाट देखिएको कलङ्की चन्द्रागिरि क्षेत्र । तस्वीर : प्रदीपराज वन्त
केही दिनको झरीपछि आकाश खुल्दा कोटेश्वर पेरिसडाँडाबाट देखिएको काठमाडौँको घनाबस्ती । तस्बिरः रत्न श्रेष्ठ
केही दिनको झरीपछि आकाश खुल्दा कोटेश्वर पेरिसडाँडाबाट बिहीबार देखिएको काठमाडौँको घनाबस्ती । तस्बिरः रत्न श्रेष्ठ

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ