चौधरी ग्रुपद्वारा सीजी हिल्स प्रिमियम भैँसेपाटी हाउजिङ परियोजना शुरु
सम्पूर्ण रूपमा एउटा सुन्दर घर परिकल्पनाको साकार रूप
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
354
Shares
काठमाडौँ। चौधरी ग्रुप अन्तर्गतको सीजी डेभलपर्सले ‘सीजी हिल्स प्रिमियम भैँसेपाटी’ नामक हाउजिङ परियोजना शुरू गरेको छ । नेपालमा लक्जरियस हाउजिङ विकास गर्ने लक्ष्यअनुसार उक्त परियोजना कार्यान्वयनमा ल्याइएको हो ।
राजधानीमा पछिल्लो समय भिआइपीहरूको आवासीय क्षेत्रका रूपमा परिचित भैँसेपाटीको विशेष आकर्षणका रूपमा सीजीको हाउजिङ परियोजना कार्यान्वयनमा आएको छ । सरकारले भैँसेपाटीमा मन्त्रीक्वार्टर लगायत अन्य आवासीय संरचनाहरू निर्माण गरिरहेको छ ।
सीजी डेभलपर्सले यहाँ ६० वटा लक्जरियस घरहरू निर्माण शुरू गरेको छ । आवासका लागि आकर्षक रमणीय ठाउँ, विशेष सुरक्षा प्रबन्ध, फराकिलो सडक लगायतका भौतिक संरचना र भिआइपीहरूको जमघट हुने स्थानमा सीजीसँग जोडिँदै आउनु भएका उपभोक्ताहरूलाई विशेष सेवा पुर्याउन यहाँ हाउजिङ परियोजना शुरू गरिएको हो ।
‘सीजी हिल्स प्रिमियम सम्पूर्ण रूपमा एउटा सुन्दर घर परिकल्पनाको साकार रूप त हो नै त्यसका अलावा यो आफैमा स्टाटस सिम्बोलका रूपमा समेत स्थापित हुनेछ’, परियोजनाका प्रमुख इन्जिनियर नारायण श्रेष्ठ भन्छन्, ‘सीजीसँग वर्षौँदेखि जोडिँदै आउनु भएका हाम्रा प्रिय उपभोक्ताहरूका लागि यति सुन्दर परियोजना समर्पण गर्न पाउँदा हामी निकै खुसी छौँ र यो उहाँहरूका लागि एउटा दुर्लभ अवसर साबित हुनेछ भन्नेमा पनि विश्वस्त छौँ ।’
यस परियोजनामा चार प्रकारका घरहरू निर्माण हुनेछन् । करिब २७ सय वर्ग फिटदेखि ३७ सय वर्ग फिटसम्ममा फैलिने घरहरू साढे दुई तलादेखि साढे तीन तलासम्मका रहनेछन् । यी घरहरू ४ आनादेखि १० आना जग्गाको क्षेत्रफलमा विकास हुनेछन् । नेपालको हाउजिङ इतिहासमा यस परियोजनामा अत्याधुनिक इन्जिनियरिङको प्रत्यक्ष अनुभव गर्न पाइनेछ । ‘उपभोक्ताहरूलाई विशेष घरमा बसेको अनुभूति दिलाउन डिजाइनमा हामीले इन्जिनियरिङका अन्तर्राष्ट्रिय कन्सल्टयान्टहरूको समेत सेवा लिएका छौँ’, परियोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘हामी यो परियोजनाबाट नेपालकै हाउजिङ डिजाइन नेक्स्ट लेभलमा पुगोस् भन्ने सोंचकासाथ काम गरिरहेका छौँ ।
फिल्डमा निर्माण कार्य प्रारम्भ भएसँगै परियोजनाले हाउजिङ बुकिङ खुला गरेको छ । परियोजना प्रमुख श्रेष्ठले भने,–उपभोक्ताबाट प्राप्त प्रारम्भिक रेस्पोन्सवाट हामी निकै उत्साहित छौँ । र, हामीले माग अनुसारको आपूर्ति गर्न नसक्ने अवस्था व्यवहोर्नुपर्नेछ भन्ने स्पष्ट सङ्केत मिलेको छ ।
सीजी नेपालको रियल स्टेट बिजनेसको पायोनियर कम्पनी मानिन्छ । यस ग्रुपले दुई दशक अगाडि काठमाडौँ रेजिडेन्सी र माउण्ट भ्यू रेजिडेन्सी निर्माण गरेको थियो ।