arrow

बाढीपहिराले बैतडीमा पुर्‍याएको क्षतिबारे प्रधानमन्त्रीले लिए जानकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
meet-deuba.JPG

बैतडी । बाढीपहिराले पुर्‍याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले बिहिवार सिगास गाउँपालिका-५ को ढुङ्गाड क्षेत्रमा बाढीपहिराले पुर्‍याएको क्षतिबारे स्थलगत निरीक्षण गरेको बैतडीका निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

सो अवसरमा उनले बाढीपहिराबाट मृत्यु भएका र प्रभावित भएका परिवारलाई सरकारले राहत दिने बताए । 

ढुङ्गाड क्षेत्रमा सेती नदीले पाँच घर बगाउनुका साथै १५० बिघा खेती गरेको जमिन बगरमा परिणत गरेको थियो । यसका साथै जिल्लाको शिवनाथ गाउँपालिका र सुर्नया गाउँपालिकामा पहिरामा परी चार जनाको ज्यान गएको थियो । यसका साथै यहाँका एक दर्जन बढी घरमा पहिराले क्षति पुर्‍याएपछि उनीहरु विस्थापित भएका छन् ।

प्रधानमन्त्री देउवासँग अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायर पनि रहेका छन् । 

प्रधानमन्त्री देउवा बैतडीपछि डडेल्धुरा जिल्लाको निरीक्षण गर्न नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेे। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ