arrow

बेमौसमी विपद्को क्षति : १०१ जनाको मृत्यु

कुन प्रदेशमा कतिको ज्यान गयो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
bajhang-landslide.jpg
फाइल तस्बिर

काठमाडौं। अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कणर्ाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ३१ जना गरी जम्मा १ सय १ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको हो।

यसैगरी १ नम्बर प्रदेशमा १९ जना, कणर्ाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा १७ जना गरी ४० जना घाइते भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ।

बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा १३ जना, २ नम्बर प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कणर्ाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा २३ जना गरी जम्मा ४१ जना वेपत्ता छन्। वेपत्ताको खोजी कार्य जारी छ।

बाढीको कारण २ हजार २ सय ३२ वटा घर डुबानमा परेका छन्। ४९ वटा घर, ८ वटा गोठ, ६ वटा पुल र ३ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ।

यसैगरी १ सय ३९ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट १ हजार १ सय ७७  वटा घर परिवार विस्थापित भएका छन्।

बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ