arrow

असर गर्ने मौसमी प्रणाली हट्यो, पानी आइतबारसम्मै पर्ने  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
mausam1.JPG

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । तर वर्षा भने आइतबारसम्म नै हुने महाशाखाले शुक्रबार बिहान जारी गरेको तीन दिने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

गत शनिबार अपरान्हदेखि परेको बेमौसमी वर्षाले अहिलेसम्म १०४ जनाको ज्यान गइसकेको छ भने ४० जना अझै बेपत्ता रहेका छन् । 

कृषि क्षेत्रमा भने ठूलो नोक्सानी भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १, बागमती प्रदेश र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकोले कृषिजन्य कार्य गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

शनिबारको मौसम पूर्वानुमान 
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने  छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

आइतबारको पूर्वानुमान 
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, लुम्बिनी  र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती,  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ