arrow

बेमौसमी वर्षाले पुर्याएको जनधनको क्षतिप्रति इलाम कांग्रेस स्तव्ध, सहयोगको अपील

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
nepali-congress-flag.jpg_1618043342.jpeg

इलाम । इलाममा अप्रत्याशित रुपले आएको बेमौसमी वर्षा र त्यसले पुर्याएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस इलामको जिल्ला कार्यसमितिले दुःख व्यक्त गरेको छ । 

इलामको फाकफोकथुम गाउँपालिका, माङसेबुङ गाउँपालिका, देउमाई नगरपालिका, माइ नगरपालिका र सूर्योदय नगरपालिका क्षेत्रमा १४ जनाको मृत्यु हुनुका साथै चार जना बेपत्ता भएका छन् । केही मानिसहरु गम्भीर घाइते भएका छन् । 

कांग्रेसले विज्ञप्ति जारी गर्दै यो दुःखको घडीमा दिवंगत आत्माको शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरेको छ । कांग्रेसले शोक सन्तप्त परिवारजनमा समवेदनासमेत प्रकट गरेको छ । 

कांग्रेसले पीडित घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । उसले विपदको घडीमा परिवारको तत्काल उद्धार, राहत र सहयोगका लागि कांग्रेसका नेता तथा कार्यकर्ता तथा देश विदेशमा रहेका सम्पूर्ण इलामवासीलाई अपीलसमेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ