arrow

आँखा सम्बन्धी विश्वकै ठूलो अवार्ड डा. रञ्जुलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
dr-ranju-kharel-sitoula-oph.jpg
तस्बिर : त्रिवि शिक्षण अस्पतालकी सहप्राध्यापक एवं वरिष्ठ नेत्र रोग विशेषज्ञ डा रञ्जु खरेल सिटौला

काठमाडौं । त्रिवि शिक्षण अस्पतालकी सहप्राध्यापक एवं वरिष्ठ नेत्र रोग विशेषज्ञ डा रञ्जु खरेल सिटौलाले विश्वकै चर्चित पुरस्कार ग्लोबल अप्थाल्मोलोजी अवार्ड पाउन सफल भएकी छिन् । नेपालमा सेतो पुतलीबाट मानिसको आँखामा पर्ने असरबारे गरेको अध्ययन अनुसन्धानबाट उनले उक्त विशिष्ट अवार्ड पाएकी हुन् । 

यो अवार्ड पाउने डा. रञ्जु पहिलो नेपाली चिकित्सक हुन् । उनले सेतो पुतलीले कसरी असर पुर्याउँछ भन्ने लगायतको विशेष अध्ययन गरेकी थिइन् । 

धेरै निवेदन परेकामा सबैलाई पछार्दै सन् २०१९ मा डा. रञ्जुको टिमले अनुसन्धान परियोजना पाउन सफल भएको थियो । अनुसन्धानका लागि झण्डै ३७ हजार अमेरिकी डलरको राशि दिइएको थियो । अनुसन्धान परियोजना बुझाएसँगै डा. रञ्जु यो ठूलो अवार्ड पाउन सफल भएकी हुन् । 

प्रमुख अनुसन्धानकर्ता डा. रञ्जुलाई सघाउने टिममा शिक्षण अस्पतालका चिकित्सकहरु प्रा.डा. मदन उपाध्याय, डा. सगुननारायण जोशी, डा. प्रताप कार्की, डा. आनन्दकुमार शर्मा, डा. हरिमाया गुरुङ्ग, डा. अनादी खत्री रहेका थिए । 

संसारभरिको आँखा सम्बन्धी सबैभन्दा ठूलो संस्थाबाट पाएको यो अनुसन्धान परियोजना सन् २०२० को फेब्रुअरीमै सम्पन्न भएको थियो । तर कोरोनाको महामारीका कारण उनी पुरस्कार लिन जान पाइनन् । उक्त पुरस्कार अहिले आयोजकले नेपालमै पठाइदिएको उनले बताइन् । 

उनले सामाजिक संजाल फेसबुकमा ४ किलोको उक्त ट्रफी पाएको भन्दै खुशी व्यक्त गरेकी छिन् । सेतो पुतलीबाट हुने शापु रोगका बारेमा उनले छुट्टै कार्यक्रम गरेर जानकारी दिनेसमेत बताएकी छिन् । 

शापु रोगले पछिल्लो दुई महिनामा एक सय भन्दा बढी संक्रमित भइसकेका छन् । डा. रञ्जुका अनुसार कास्की जिल्लामा बढी संक्रमित देखिएका छन् । गण्डकी प्रदेशमा यसले बढी असर पुर्याएको छ । अंग्रेजी क्यालेन्डरअनुसार बिजोरी वर्षमा यो बढी देखिने गरेको उनी बताउँछिन् । 

सेतो पुतलीको संक्रमबाट तीन हप्तामा एकसय बिरामी

शापु रोगबारे नेपाल टेलिभिजनको कोरोना कन्फ्रेन्समा यसो भन्छिन् डा. रञ्जु (भिडियो ८:४० देखि २०:५० सम्म) 



नयाँ