arrow

मुलुकको बरबादी देखेर काँग्रेस सरकारमा आएको हो : मन्त्री बडू

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
badhu1.jpg

दार्चुला । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले मुलुकको बरबादी देखेर काँग्रेस सरकारमा आएको बताएका छन् । गृह जिल्ला दार्चुला पुगेका बडूले बिहीबार नेपाल प्रेस युनियन दार्चुलाद्वारा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै केपी ओलीले निरङ्कुशता तर्फ धकेलिरहेको मुलुकलाई ठिक ठाउँमा ल्याउन र संविधान जोगाउन आफूहरू सरकारमा आएको बताए ।

वर्तमान सरकार विशेष परिस्थितिमा बनेको सरकार भएको भन्दै उनले विकास निर्माणदेखि लिएर निर्वाचन गराउने र जनताका अपेक्षालाई सम्बोधन गर्ने सम्मका महत्त्वपूर्ण जिम्मेवारी यो सरकारको काँधमा रहेको बताए । बडूले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिएर मुलुकमा एकताको वातावरण दिन चाहेको बताए । 

‘सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई हामी पूर्णता दिन्छौँ,’ उनले भने, ‘अनि मुलुकमा एउटा नयाँ शासन स्थापित, शान्ति स्थायित्व हुन्छ ।’ मुलुकमा स्थायी शान्ति भयो भने विकास निर्माणले ठुलो फड्को मार्ने मन्त्रीले बडूको भनाई थियो । 

उनले काँग्रेस नेतृत्वको सरकारको पहिलो उद्देश्य संविधानको रक्षा गर्नुभएको पनि बताए । ‘सरकारका सामुन्ने धेरै महत्त्वपूर्ण उद्देश्य छन् । पहिलो उद्देश्य नै संविधान बचाउने हो, बडूले भने, ‘संवैधानिक सर्वोच्चता कायम गर्ने, नेपालमा कानुनी राज्यको अनुभूति दिलाउने र नेपालमा सुशासन कायम गर्नु सरकारको दायित्व हो ।’ 

सोही कार्यक्रममा बोल्दै बडूले दार्चुलाको तुइनको विकल्प भनेको तिंकर सडक निर्माण भएको भन्दै अब छुट्टै बजेटमार्फत निर्माण सम्पन्न गरिने बताए । दार्चुला सदरमुकाम खलङ्गादेखि सुन्सेरासम्म कालोपत्रेको लागि प्रक्रिया थालिएको जनाए । महाकाली कोरिडोरको नामले दार्चुला-तिंकर सडक पछि परेको उनको भनाइ थियो । साथै उनले बाडी पहिरोले प्रभावित स्थानीय तहका लागि विशेष प्याकेज मार्फत विकास गरिने बताए । 

पत्रकारहरूको प्रश्नको जवाफमा उनले तुइन घटनामा बेपत्ता भएका जयसिंह धामी प्रकरणको कूटनीतिक रूपमा छलफल भइरहेको र दोषीलाई कारबाही र पीडित परिवारलाई न्याय र क्षतिपूर्ति सरकारले दिने बताए । यस्तै अतिक्रमित भूमि कालापानी क्षेत्रमा जनगणनका लागि सरकारले वैकल्पिक तवरबाट भएर पनि जनगणना गर्ने बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ