arrow

जयनगर-कुर्ता सीमापार रेलमार्ग हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
indianepalrail.JPG

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा ३५ किलोमिटर जयनगर-कुर्ता सीमापार न्यारोगेज रेलमार्ग ब्रोडगेजमा रूपान्तरण भएको छ । निर्माण पूरा भएसँगै त्यसलाई भारतले नेपाल सरकारलाई हस्तान्तरण पनि गरेको छ ।

शुक्रवार राजधानीमा आयोजित एक समारोहमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले रेलमार्गको स्वामित्वसम्बन्धी दस्तावेज हस्तान्तरण गरे । शुक्रवारैदेखि उक्त रेलमार्गको स्वामित्व नेपाल रेलवे कम्पनी लिमिटेडमा स्थानान्तरण भएको छ ।
 
भारत सरकारको आर्थिक सहयोगअन्तर्गत रु आठ अर्ब ७७ करोडमा निर्माण भएको उक्त रेलमार्ग ६८.७२ किलोमिटर जयनगर-बिजलपुरा-बर्दिबास रेलमार्गको एउटा खण्ड हो । 

उक्त रेलमार्ग सञ्चालन भएपछि नेपाल र भारतबीच व्यापार-वाणिज्य वृद्धिका साथै दुई देशका जनताबीचको सम्बन्ध र सम्पर्क अझ सुदृढ हुने अपेक्षा गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ