arrow

नित्योपयोगी अमला चूर्णको फाइदा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
gooseberry.jpg

हामी सबैलाई अमला बारे थाहा छ। हामी घरमै अमला सुकाएर चूर्ण बनाउन सक्छौँ। यसको चूर्ण विभिन्न विकारहरूको लागी प्रयोग गर्न सकिन्छ। आउनुहोस् अमला चूर्णको उपयोग कसरी र कुन विकारको लागि प्रयोग गर्ने यस सम्बन्धी जानकारी लिऔँ। अमला चूर्णको गुण धर्म शीतल हो तथा यसले वात, पित्त एवं कफको सन्तुलन बनाइ राख्दछ ।

 

उपयोग औषधि लेने पद्धति अवधि
अ. केश झर्ने, असमय सेतो हुने आंवला, गिलोय एवं गोखरू को समभाग १ चम्चा मिश्रण बिहान खाली पेटमा मनतातो पानीसँग लिनुहोस् । त्यसपछि आधा घण्टा केही पनि नखानुहोस् – नपिउनुहोस् । ३ महिना
आ. कपाल कालो बनाउनको लागि बिहान खाली पेटमा १ चम्चा आंवला चूर्ण मनतातो पानीसँग लिनुहोस् । त्यसपछि आधा घण्टासम्म केही पनि नखानुहोस्-नपिउनुहोस् । यसको साथमा हपतामा २ पटक फलामको भाडामा २ देखि ४ चम्चा आंवला चूर्ण थोरै पानीमा रातभरि भिजाएर राख्नुहोस् । बिहान कालो भएको मिश्रण कपालमा आधा घण्टा लगाएर राख्नुहोस् । तदुपरांत कपाल धुनुहोस् । सधैं
इ. टाउनको दुखाई बिहान खाली पेट १ चम्चा आंवला चूर्ण १ चम्चा घीउ एवं १ चम्चा मिश्रीको मिश्रण खानुहोस् । ३ देखि ५ दिन
ई. टाउनको तातो हुने जब समस्या हुन्छ तब पर्याप्त मात्रामा आंवला चूर्ण दूधमा पिसेर निधारमा लेप लगाउनुहोस् । एक घण्टापछि लेप मनतातो पानीले धुनुहोस् । तात्कालिक
उ. आँखाको विकार रातमा सुत्ने समय १ चम्चा चूर्ण आधा चम्चा घीउ र १ चम्चा महको साथ लिनुहोस् । ३ महिना
ऊ. नाकबाट रक्तस्राव हुने बिहान र सायंकालमा आधा चम्चा आंवला चूर्ण आधी कचौरा पानीमा मिलाएर लिनुहोस्, साथै पर्याप्त मात्रामा आंवला चूर्ण घीउमा भुटेर त्यसमा महि मिलाएर निधारमा बाक्लो लेप लगाउनुहोस् । यो लेप १ घण्टापछि पानीले धुनुहोस् । ३ देखि ५ दिन
ए. घाँटी सुक्ने १० किशमिश र १ चम्चा आंवला चूर्ण एकत्रित पिसेर त्यसको चटनी बनाउनुहोस् । त्यसको सानो गोलि बनाएर त्यो दिनमा ३- ४ पटक चुस्नुहोस् । ७ दिन
ऐ. पित्तको कारण उल्टि हुने १ चम्चा आंवला चूर्ण, आधा चम्चा चंदन पाउडर या चंदन काष्ठ रगडेर मिलेको लेप र आधा चम्चा महको मिश्रण चाटेर खानुहोस् । तात्कालिक
ओ. कब्जियत बिहान-बेलुकाको खाना भन्द पहिला १ चम्चा चूर्ण आधा कचैरा मनतातो पानीको साथ लिनुहोस् । १५ दिन
औ. मधुमेह बिहान र साँझ १ चम्चा आंवला चूर्ण एवं १ चम्चा बेसारको चूर्ण एक कचौरा पानीको साथ लिनुहोस् । तदुपरांत आधा घण्टासम्म केही नखानुहोस्-नपिउनुहोस् । ३ महिना
अं. मूत्र खुलेर नहुने, मूत्रमा जलन हुने, मूत्र अल्प मात्रामा हुने र श्वेतप्रदर (स्त्रिको योनीमार्गबाट श्वेत स्राव हुने) १ चम्चा आंवला चूर्ण रातमा पानीमा भिजाएर त्यसमा बिहान आधा चम्चा जीराको चूर्ण र १ चम्चा मिश्री हालेर पिउनुहोस् । यसरी नै बिहान आंवला चूर्ण भिजाएर सायंकालमा लिनुहोस् । ५ देखि ७ दिन
क. हात-खुट्टामा जलन हुने, चक्कर लाग्ने, आँखा अगाडि अध्यारो छाउने तथा मासिक धर्मको समय अधिक रक्तस्राव हुने दिनमा २ – ३ पटक १ चम्चा आंवला चूर्ण र १ चम्चा मिश्री १ कचौरा पानीमा मिलाएर पिउनुहोस् । ७ दिन
ख. खुजली दिनमा २ – ३ पटक पर्याप्त मात्रामा आंवला चूर्ण पानीमा मिलाएर खुजली हुने स्थानमा पातलो लेप लगाउनुहोस् । १ घण्टापछि लेप मनतातो पानीले धुनुहोस् । ५ देखि ७ दिन
ग. असमय वृद्धत्व नहोस्, यसको साथै शरीर स्वस्थ रहनको लागि बिहान खाली पेट १ चम्चा आंवला चूर्ण मनतातो पानीमा लिनुहोस् । त्यसपछि आधा घण्टासम्म केही पनि नखानुहोस्-नपिउनुहोस् । ३ महिना

प्रकृति, क्षेत्र, ऋतु एवं अन्य विकारहरू अनुसार उपचारमा परिवर्तन हुन सक्छ । त्यसैले वैद्यको सल्लाहमा नै औषधि लिनुहोस् । आयु वर्ग ३ देखि ७ को लागि एक चौथाइ एवं ८ देखि १४ को लागि औषधि आधी मात्रामा लिनुहोस् ।

मैदा र बेसनको पदार्थ; अमिलो, नुनिलो, धेरै तेल र मसलादार पदार्थ, आईस्क्रीम, दही, पनिर, चीज, बासी, असमय र अत्यधिक भोजन गर्ने नगर्नुहोस् । घाममा घुम्ने तथा रात्रि जागरण नबस्नुस्। 

इमेल : hjsnepal@gmail.com

वेवसाइट:  स्पिरिच्युअल साइन्स रिसर्च फाउन्डेसन (एसएसआरएफ)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ