arrow

बाढीले फिदिम जोड्ने पक्की पुल बगायो, ३ करोडको क्षति

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
panchthar-bridge-damange-flood.jpg

पाँचथर। गत कार्तिक १ र २ गते आएको अविरल वर्षाले साँवा खोलामा आएको बाडीका कारण पाँचथरको मौवा जोरसाले हुँदै यासोक फिदिम जोड्ने पक्की पुल बगाएको छ।

पुल क्षति हुँदा २ करोड ८७ लाख रुपैयाँ बरावरको क्षति भएको पुल निर्माणको जिम्मा लिएको मैनाचुली निर्माण सेवा प्रालिका आधिकारिक प्रतिनिधि दिननाथ अधिकारीले जानकारी दिए।

बाढीले स्काभेटर, ब्रेकर, वाटर पम्प ४ वटा, डिजेल जेनरेटर ३ वटा, कङ्क्रिट मिक्स्चर मेसिन ३ वटा, कङ्क्रिट भाइब्रेट ५ वटा, पुरेर कामै नदिने अवस्थामा पुगेको छ।

यस्तै ग्याबिन जाली ८ सय घनमिटर, सिमेन्ट, बालुवा, प्लाई, रड, यूजग क्लेम्प, सोलार सेट, लत्ताकपडाका सामाग्री, कम्प्युटर प्रिन्टर, पुल निर्माणमा प्रयोग हुने फलामे पाइप, केम्प लगायतका सामग्री बगाएर पूर्ण रूपले क्षतिग्रस्त बनाएको अधिकारीले बताए।

पूर्वाधार विकाश कार्यालय पाँचथर मातहत निर्माण भइरहेको ४० मिटर लामो पक्की सडक पुल बगाएको हो। पुल आगामी ०७८ पुस ४ गते सम्ममा निर्माण कार्य सक्ने गरी तीव्र गतिमा काम भइरहेको थियो। अहिलेसम्म पुलको ५० प्रतिशत काम सकिएको पूर्वाधार विकाश कार्यालय पाँचथरका प्रमुख ललित चौधरीले जानकारी दिए। पुलको गत ०७६ असोज ५ गते सम्झौता भई काम भइरहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ