arrow

थप ५१३ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि, आठको मृत्यु

logo
रासस,
प्रकाशित २०७८ कार्तिक ६ शनिबार
corona-virus.jpg
फाइल तस्बिर

काठमाडौँ। देशभर पछिल्लो २४ घण्टामा थप ५१३ जनामा कोभिडको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय छ हजार ९३१ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख ८५ हजार ३४ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९३ हजार ९८० छ। पछिल्लो समय थप ८१७ जना निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या सात लाख ८६ हजार ६८० पुगेको छ। निको हुने दर ९७.३ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ। 

थप आठको मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३४५ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस रोगबाट हुने मृत्यु दर १.४ प्रतिशत छ । त्यसै गरी पछिल्लो समय ६३ हजार ७४ ले खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। 



नयाँ