arrow

आफूलाई धोका दिएर ओलीतिर गएका १० नेताप्रति माधव नेपालको कटाक्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
madhav-kumar-nepal-media-brief.jpg

सिन्धुपाल्चोक । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो साथ छाडेर एमाले अध्यक्ष केपी शर्मा ओलीको पछि लागेका १० जना नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन् । नेपालले एमाले उपाध्यक्ष भीम रावलसहित १० नेताहरुतर्फ संकेत गर्दै १० बुँदेको रटान लगाएकाहरुको अहिले एमालेमा हरिबिजोग भएको टिप्पणी गरेका हुन् ।

‘दश बुँदे भन्नेहरुको एमालेमा कस्तो हरबिजोग भयो !’ सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा नेपालले भने, ‘केपी ओलीको आदेश पालना नगर्नेलाई कस्तो गरिन्छ सुन्नुभयो होला, थाहा पाउनु भयो होला नि !’ ओलीले कसैको पनि मर्यादा नगर्ने गरेको भन्दै वाध्य भएर आफूहरुले विद्रोह गरेको नेपालले बताए ।

ओलीको आदेश पालना गर्नेले मात्र स्यावासी पाउने गरेको उल्लेख गर्दै नेपालले आदेश पालना नगर्नेलाई ट्याउँ ट्याउँ गरेको भन्दै हुर्मत लिने गरेको बताए ।

नेकपा एमालेको नाम नलिई उनले पार्टी आफूहरुले बनाएको इतिहास सुनाए । उनले पार्टी बनाउँदा को कहाँ थियो हेक्का राख्न चुनौती दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ