arrow

‘नेपालमा पोलियोको जोखिम कायमै’

logo
रासस
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
polio-drop.jpeg

चितवन । नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् । 

विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् । उनीहरूले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन् ।
 
रोटरी डिष्ट्रिक ३२९२ का पूर्व गभर्नर रवीन्द्रकुमार पियाले नेपालमा पोलियो उन्मूलन भए पनि छिमेकी देशमा उन्मूलन हुन नसक्दा जोखिम रहेको बताए । उनले भने, “रोटरियन पोलियो रोग उन्मूलनमा लागिराखेका छन् । छिमेकी देशको असर यहाँ नदेखिएला भन्न सकिँदैन ।”
 
रोटरीको पोलियो विभागका सल्लाहकार शरद गोपाल न्याछ्योले पोलियो रोग उन्मूलनका लागि रोटरीले सन् १९५३ देखि अभियान सुरु गरेको जानकारी दिए । यो अभियानमा सबै लाग्नुपर्नेमा उनले जोड दिए ।



नयाँ