arrow

मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन :  प्रधानन्यायाधीश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
cholendra-rana-chief-justic.jpg

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो जेठानलाई मन्त्री बनाउनुस् भनेर कहीँ पनि नभनेको बताएका छन् ।  नेपाल बार एसोसिएसनका अध्यक्षसहित पदाधिकारीसँग प्रधानन्यायाधीश जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउनका लागि कुनै पनि नेतालाई नभनेको बताएका हुन्  ।

पदाधिकारीसँग जबराले भने  'मेरो जेठानलाई मन्त्री बनाउनुस् भनेर मैले कहीँ पनि भनेको छैन, मेरो नाता पर्नु दुर्भाग्य हो, तर यसमा मेरो कुनै संलग्नता छैन ।'
       
प्रधानन्यायाधीश राणाले न्यायालय सुधारका विषयमा बारले उठाउँदै आएका सम्पूर्ण विषयमा आफू गम्भीर रहेको र त्यसका लागि तत्काल काम सुरु गर्ने छलफलमा बताएको जनाइएको छ । 

समग्र न्यायालय सुधारका विषयमा सोमबार १:३० बजे प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट) बस्ने र त्यस बैठकमा बार पनि सहभागी भएर बृहत् छलफल गर्ने तय भएको छ ।
       
बारले न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले बनाएको प्रतिवेदन कार्यान्वयन नगरेको, स्वतन्त्र न्यायपालिका निर्माणमा तदारुकता नदेखाएको भन्दै बारको शुक्रवारको निर्णयअनुसार आइतबार प्रधानन्यायाधीशलाई भेट गरी ध्यानाकर्षण गराएको हो ।
       
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशसँग समसामयिक विषयमा समग्रमा कुराकानी भएको र सोमबार बस्ने सर्वोच्च अदालतको पूर्ण बैठकमा थप छलफल भई निष्कर्षमा पुग्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ