arrow

सर्वोच्चमा मङ्गलवारदेखि गोला प्रथाबाट पेसी, भोलि न्यायाधीशको पूर्ण बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
Suprim-court-new-a.jpeg

काठमाडौं। सर्वोच्च अदालतले आगामी मङ्गलवारदेखि गोला प्रथाका आधारमा मुद्दाको पेसी तोक्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार नेपाल बार एसोसिएसन र सर्वोच्च बारका प्रतिनिधिसँगको भेटमा आगामी मङ्गलवारदेखि गोला प्रथाका आधारमा पेसी तोक्ने प्रतिबद्धता जनाएका हुन्।

‘नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश ज्यूले मंगलबारबाट गोला प्रथाका आधारमा पेसी तोक्ने प्रतिबद्धता जनाउनु भएको छ,’ भेटपछि बारका महासचिव लीलामणि पौड्यालले संचारकर्मीहरुसँग भने।

सो क्रममा प्रधानन्यायाधीश जबराले न्यायालय सुधारका लागि उठाइएका सबै विषयप्रति आफू सकारात्मक रहेको प्रधानन्यायाधीश जबराले बताएको उनले भनेका छन्।

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका सबै न्यायाधीशको पूर्ण बैठक सोमबारका लागि बोलाएकोसमेत पौड्यालले जानकारी दिएका हुन्।

न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले न्यायालय सुधारको माग गर्दै बनाएको प्रतिवेदनका विषयमा प्रधानन्यायाधीश जबराको ध्यानाकर्षण गराएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ