arrow

सर्वोच्चका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरा समक्ष सामूहिक धारणा राख्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । सर्वोच्च अदालतका १३ जना न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा समक्ष आफ्नो सामूहिक धारणा राख्ने भएका छन् ।

प्रधानन्यायाधीशको गतिविधिप्रति प्रश्न उठिरहेबा बेला १३ न्यायाधीशहरुको सोमबार बसेको बैठकले भोलि मंगलबार ११ः३० बजे प्रधानन्यायाधीश जबरालाई भेटेर आफ्नो धारणा राख्ने तयारी गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले सोमबारका लागि ​फुलकोर्ट बैठक बोलाएकोमा न्यायाधीशहरुको संयुक्त बैठकका कारण फुटकोर्ट बैठक प्रभावित भएको थियो ।

प्रधानन्यायाधीशको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आइतबार न्यायाधीशहरुको अनौपचारिक बैठकले फुलकोर्ट बैठक बहिस्कार गर्ने निर्णय पनि गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ