arrow

निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्रीलाई भेटे, आसन्न निर्वाचनहरुबारे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
election-commission1-1618997712.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन गर्ने विषयमा छलफल भएको छ ।

सोमबार प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित सदस्यबीच पहिलो चरणमा छलफल भएको आयोगका सहसचिब यज्ञ प्रसाद भट्टराईले जनाएका छन् ।

आगामी फागुनमा रिक्त हुने राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचनका लागि मिति तोक्ने, स्थानीय तहका आगामी निर्वाचनका सम्बन्धमा कानुनी र संवैधानिक व्यवस्था, प्रतिनिधि सभाका रिक्त चार सदस्य र प्रदेश सभाका रिक्त १८ सदस्य पदको उपनिर्वाचनलगायतका विषयमा समेत छलफल भएको भट्टराईले जनाएका छन् ।

छलफलका क्रममा आयोगका पदाधिकारीहरुले निर्वाचन सम्बन्धी कानुनहरुको संशोधन र सुधार गरी एकीकृत निर्वाचन कानुन बनाउने विषयमा समेत सरकारलाई आग्रह गरेका छन् । आसन्न निर्वाचनहरुका लागि मतदाता नामावलीलाई अद्यावधिक गर्ने विषयमा समेत छलफल बताइएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ