arrow

संक्रमण दर १८.५ प्रतिशत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । नेपालमा संक्रमण दर १८.५ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा संक्रमण दर १८.५ प्रतिशत रहेको छ । 

साथै पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १४ छन् । पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.५ प्रतिशत छ । संक्रमित शून्य रहेका जिल्ला मुगु मात्र छ । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ७७६ मा संक्रमण पुष्टि भएको छ । १० हजार ८६४ जनाको परीक्षण गर्दा ७७६ जनामा संक्रमण पुष्टि भएको हो । सोमवार थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार ३६० जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५०१ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म सात लाख ८८ हजार आठ संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत छ ।

सोमवार कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार ३६१ जनाको मृत्यु भएको छ । 

होम आइसोलेशन नौ हजार ६१७, संस्थागत आइसोलेशनमा ७४३, सघन उपचार कक्षमा २५४ र भेन्टिलेटरमा ७४ जना छन् । 

सोमवार नै ५७ हजार ६१० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । हालसम्म ८६ लाख २१ हजार ४४९ पहिलो मात्रा र ६६ लाख ४७ हजार ३३२ पूर्ण मात्राको खोप लगाइसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ